KB · Choruses · #108
सुख्खा भयो मरुतुल्य
G4/4
Verse
सुख्खा भयो मरुतुल्य, के भो’ जीवन अमूल्य ?
कहाँ गयो हरियाली, बाँझो भयो धर्ती;
बर्साऊ, प्रभु, बर्साऊ फेरि आत्मा हामीमाथि
भर, प्रभु भर फेरि जीवन यो खाली-खाली ।
Verse
शैतान हाम्रो गर्छ उपहास, पठाऊ त्यो हुरी-बतास
पाप हाम्रो गर्छौं स्वीकार, फर्काऊ हाम्रो अधिकार;
हँसाऊ, प्रभु, हँसाऊ, फेरि पुछ आँखा हाम्रो
सजाऊ, प्रभु, सजाऊ, फेरि उजाड़ जीवन हाम्रो ।