KB · Hymns · #49
अहो कति रमाइलो खुशीको दिन आयो
G4/4Fast
Chorus
अहो कति रमाइलो खुशीको दिन आयो
मुक्तिदाता प्रभुको बेथलेहेममा जन्म भो’
छन् जो मेरो हृदयमा ख्रीष्ट राजा बसेको (२)
जय जय बालक राजाको जय जय जय होस् सदा (२)
Verse
ईश्वरको प्रिय पुत्र प्रभु ख्रीष्ट स्वर्गमा महिमित (२)
बालकको रूपमा पस्रिय डुँड़मा, विश्वमा अवहेलित
Verse
सुन-चाँदी छैन, धूप पनि होइन, सम्पूर्ण जीवन लेऊ (२)
गोठरूपी हृदय धोएर आजै प्रभुजी राज गरिदेऊ