KB · Hymns · #659
टाढ़ा नजाऊ प्रभुमा आऊ
G3/4
Chorus
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
तन होइन आत्मा बचाउ मन भरिका यी भ्रम हटाऊ (२)
Verse
माटोको तन यो माटोमै मिल्छ यहाँ रोपेको आत्मा स्वर्गमा पुग्छ (२)
(भाँचिएको विश्वासलाई जोडी हेर जिउनलाई लायक हुन्छ) (२)
Verse
उकाली ओराली यात्रामा हुन्छ चढ़्दै जाऔँ उकालो कलवरी पुग्छ (२)
(हराएको जीवनलाई खोजी हेर अनन्त हात लाग्छ) (२)