KB · Hymns · #644
लौ दाजु सुनन लौ बहिनी सुनन
D4/4
Chorus
लौ दाजु सुनन, लौ बहिनी सुनन (२)
येशूको वचन सुनाउँछु बुझन,
(सत्यको वचन सुनाउँछु बझन) (२)
Verse
यो संसार यस्तै छ पापैले भरेको हो... आ... (२)
दुइ दिने जीवनमा जञ्जालले घेरेको
दुःखमा पनि सहारा दिने येशू प्रभु नै हुन्,
आँखाको आँसु पुछी दिने (ईश्वरको पुत्र हुन्) (२)
Verse
यो हाम्रो जीवनमा दुःखहरू धेरै छ हा... आ... (२)
कष्ट र पिड़ाले आँसु नै छल्किन्छ
कष्टमा पनि सहारा दिने येशू प्रभु ने हुन्
अधर्म अनि पापदेखि (छुटाउने उनै हुन्) (२)