KB · Hymns · #582
धर्मसँग नखेलौ अब मण्डली
G
धर्मसँग नखेलौ अब मण्डली, शक्ति र सत्यता येशूको लिनुछ
सम्झौताको आत्मालाई त्यागेर सत्यता येशूको पहिरिनुछ
युद्धको उच्च भूमिमा हामी चढ़्नुछ
विजय ख्रीष्टको हुनेछ, अघि जाऔँ (४) विजय ख्रीष्टको हुनेछ ।
भाँचिदिनुहोस् हाम्रो जुवा बन्धनलाई,
महिमा र शक्तिले अब सजाउनुहोस्
लड़दा-लड़दै आत्मा र शरीरसँग मण्डली चूर्ण बनेको छ
क्रूसको शक्तिलाई हामी बुझेर युद्ध फेरि लड्नु छ ।
सहासी हौँ, निडर हौँ, बलिया हौँ, महिमित हौँ,
विजय मण्डलीको हुनेछ ।