KB · Hymns · #778
तिमी अनन्त मुक्ति नपाई
G4/4
Verse
(तिमी अनन्त मुक्ति नपाई सक्तैनौ पुग्न स्वर्गमा) (२)
Chorus
बताइदेऊ सबैलाई मुक्ति पाइन्छ केवल येशूमा
गुन्जाइदेऊ टाढा नजिक मुक्ति पाइन्छ केवल येशूमा ।
Verse
(पिताले पठाए पुत्रलाई पुर्याउन हामीलाई स्वर्गमा) (२)
Verse
(पापबाट पश्चात्ताप नगरी सक्तैनौ पुग्न स्वर्गमा) (२)
Verse
(पिताको प्रेमको दानलाई लिए अवश्य पुग्नेछौ स्वर्गमा) (२)
Verse
(आज येशूमा विश्वासगरी अनन्त मुक्ति पाऊ सित्तैंमा) (२)