पापीका लागि प्रभुज्यू क्रूसैमा बलि भए
A4/4
Chorus
पापीका लागि प्रभुज्यू (२) क्रूसैमा बलि भए
निष्कलंक रगत बहाई पापीलाई मुक्ति दिए (२)
Verse
भुलिरहेछौ दुष्ट यो जगतमा दाइ हो,
डुबिरहेछौ प्रतिदिन पापमा
पापलाई लुकाइराखेर दाइ हो,
पाउनेछौ कसरी अमर जीवन यो ?
Verse
पापका बोझाले लादिएका हो दाइ हो,
आऊ येशूकहाँ विश्राम प्राप्त गर्न
दीन जनलाई उनले मनमा चैन दिन्छन्,
ईश्वरका पुत्र येशूको करार छ (२)
Verse
चौड़ा नै हो बाटो नरककुण्ड पुग्ने दाइ हो,
साँघुरो छ मार्ग स्वर्गमा पुग्ने
येशू एक मात्र साँचो बाटो हुन्,
उनैले केवल स्वर्ग पुर्याउँछन् (२)
Verse
बिताइरहेछौ छायातुल्य जीवन दाइ हो,
दुःख, अशान्ति पापले भरपूर यो
दीन भई उनको रगतले पाप धोइ माग,
तिमीले तुरून्तै मुक्तिदान पाउनेछौ (२)