KB · Hymns · #798
याद गर प्रियहो, तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन
C4/4
Chorus
याद गर प्रियहो, तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन ।
हरेकलाई इनाम दिन प्रभु चाँडै आउने छन् ।
याद गर प्रियहो, तिम्रो मेहनत प्रभुमा व्यर्थ छैन ।
Verse
सुसमाचारको कष्ट भोगी अविनाशी वचनलाई लिई
रुँदै रुँदै छर्ने सबैले रमाउँदै बिटा ल्याउने छन् ।
Verse
प्रार्थनामा सधैं संघर्ष गरी निराश नभई पर्खिरहनेले
मण्डली र सारा संसारमा प्रभुबाट आशिष् ल्याउनेछन् ।
Verse
वचन चुपचाप पालन गरी दुःख सुखको जीवन विताउनेले
परीक्षाको त्यस संकष्टमा प्रभुद्वारा बचाइनेछन् ।
Verse
खेदो निन्दाको प्रहार सही शैतानको सामना गर्नेले
रमाउनेछन् बिजयी भई स्वर्गीय देशमा प्रफुल्लित भई ।