KB · Hymns · #675
जीवनको केही भर छैन पलभरमा बितिजान्छ
F3/4
Chorus
जीवनको केही भर छैन पलभरमा बितिजान्छ
अनिश्चित यात्रा के हुने कसो हुने थाहा छैन (२)
Verse
हरेकको भरोसा केही छैन भोलिको सपना देख्नु के ? (२)
आजलाई साथ पाउन नसके भोलिलाई आशा गर्नु के ? (२)
मानिसको केही भर छैन क्षण भरमा पग्लिदिन्छ
भएमा आफ्नो नभए बिरानो मीठो बोल्दै धोका दिन्छ ।
Verse
देखाउँछन् आशा मान्छे यहाँ अनि मूर्तिझैँ बनेर बाँचिदिन्छन् (२)
सिसाझैँ हृदयलाई तोडिदिएर जिउँदो लासझैँ बनाइदिन्छन्
खोलाझैँ जीवन बगिरहेछ महासागरमा पुग्नलाई
धुँवाझैँ जीवन उड़िरहेछ नील गगनमा हराउनलाई ।