KB · Hymns · #595
चिसो-चिसो हावामा न्यानो माया
E4/4
Chorus
(चिसो-चिसो हावामा न्यानो माया है बोकेर
येशू राजा आएका छन् है उद्धार लिएर) (२)
Verse
परदेशी बनेर आए, स्वर्गलाई छोड़ेर आए, पस्रिए गोठैमा
(आकाशमा तारा बालेर, धर्तीमा ज्योति छरेर अँधेरी हटाए) (२)
(प्रशंसा हाम्रो येशूलाई हृदय खोलेर) (२)
Verse
नयाँ आशा हृदयमा छ मुक्तिदाता येशूको प्यारो सन्देश सुनेर
(हृदयको ढोका खोलेर जीवन लेऊ येशूमा आज विश्वास गरेर) (२)
(महिमा हाम्रो येशूलाई हृदय खोलेर) (२)
Verse
अब त दुःखका दिन गए शान्ति
आनन्द उर्लेर आए हाम्रो यो आगनमा
(आउ हामी मिली प्रचारौ बदलिएर
उनलाई पछ्याऔ जयजयकार गरेर) (२)
(धन्यवाद हाम्रो येशूलाई हृदय खोलेर) (२)