पहाड़ पर्वत झरनाहरू
A4/4
Chorus
पहाड़ पर्वत झरनाहरू चिसा चिसा बासलहरू
(नीला नीला आकाश छन् झिलमिल झिलमिल ताराहरू) (२)
यी सब कसले बनायो, यी सब कसले रच्यो (२)
सबै सृष्टि उहाँकै हुन् सर्व सृजना उनैको हुन् (२)
Verse
माथि हेरे लेकै भरी लालीगुँरास ढकमक
तल हेरौ तराई बेँसी वसन्त बहार झकमक (२)
(फेरि फर्कन्न त्यही गोरेटो मेरै सुन्दर संसार छ
गम्की बस्दिन आफ्नै निम्ति ईश्वरको कार्य महान् छ) (२)
Verse
मानिस चोला छोटो हुन्छन् लामो हुन्छन् उद्दश्य
उहाँको सन्देश सुनेर हेर आफै बुझ्छौँ रहस्य (२)
(झूटो आश्वासन व्यर्थकै हुन्छन् सारा सृष्टि छ
नियाली हेर्छु आकाश धर्ती जसमा उनकै हात छ) (२)