KB · Hymns · #425
स्वर्गदेशैमा छ निषेध पापीलाई
D2/2
Verse
स्वर्गदेशैमा छ निषेध पापीलाई
कहिल्यै हुँदैन नष्ट र कष्ट पवित्र मानिसलाई ।
Verse
म आउँछु तारणहार क्रूसैमा राख्छु भार
रगत बहाई, शुद्ध बनाई मलाई, बचाउनुहोस् आत्मालाई ।
Verse
साथ राख्नोस् ख्रीष्ट मलाई, सदासर्वदा नै
ज्योति र शक्ति, जीवन र मुक्ति भरिदिनोस् ख्रीष्ट मलाई ।
Verse
बनाउनुहोस् मलाई पवित्र तपाईंझैँ
उज्जर र स्वच्छ बन्न पाऊँ सदा स्वर्ग देशैमा ।