KB · Hymns · #84
धन्य होस् प्रभु तिमीलाई सनातन राजालाई
G3/4
Chorus
धन्य होस् प्रभु तिमीलाई, सनातन राजालाई (२)
करुणा तिम्रो अपरमपारै छ सदा (२)
Verse
स्वर्गीय स्वर्ग त्याग्यौ संसारमा आएर
क्रुसैको दुःख सहेर बलिदान भएर (२)
दियौ नि मोक्ष पापीलाई अमूल्य रक्त बहाई
दयालु पिता तिमीलाई बढ़ाइ होस्, बढ़ाइ (२)
Verse
जगतका दिव्य प्रकाश हौ, यथार्थ पथ हौ (२)
दुःखीका एक हितैषी हौ, स्नेहका राजा हौ (२)
जीवनका तिमी धारा हौ, तारणहार हौ
पिता र पुत्र आत्मामा, तिमी परमेश्वर हौ (२)
Verse
निकृष्ट तुच्छ भएर शरणमा आउँछु (२)
हे प्रभु येशू, तिमीमा म दृष्टि उठाउँछु (२)
संकष्टमय जीवन पथमा, सर्वदा साथ देऊ
जयवन्त जीवन बिताउने, हे प्रभु सामर्थ देऊ (२)