KB · Hymns · #43
जयजय गर खुशीले प्रभुको जन्म दिन
C4/4
Chorus
जयजय गर खुशीले प्रभुको जन्म दिन (२)
Verse
मरियम गर्भवती थिइन् पवित्र आत्माले,
त्याग्ने इच्छा गरे योसेफ, दाऊदको छोराले,
स्वर्गदूतले योसेफलाई खबर पुर्याए
अनि उनले मरियमलाई आफ्नै गराए ।
Verse
भेड़ी गोठमा गोठाला सब गोठै छोड़ेर
गाउँदै गए ख्रीष्टको जयजय दर्शन गरेर,
बेथलेहेम भन्ने सानो गाउँमा ख्रीष्टको जन्म भो’
अगमवक्ताले बोलेको वचन पूरो भो’ ।
Verse
सानो तारा देखापर्यो पूर्व देशमा
ज्योतिषीहरू दौड़दै आए प्रभुको खोजमा,
बालक ख्रीष्टको दर्शन पाई आनन्दित भए
कन्तुर खोली सुन, धूप, मूर्रका, भेटी चढ़ाए ।
Verse
आनुउहोस् आजै हे भाइ हो, विश्वास गरेर
माग्नुहोस् क्षमा प्रभुको पाउमा परेर,
आज प्रभु आउनुभो’ मुक्ति दिनलाई
फेरि प्रभु आउनुहुनेछ न्याय गर्नलाई ।