KB · Hymns · #291
वन-पाखा गुञ्जाइदेऊ है
Am4/4
Chorus
वन-पाखा गुञ्जाइदेऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
Verse
पापको श्राप मेट्नलाई येशूजी आउनुभो’
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनुभयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए,
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।
Verse
हारको जीवन छैन यहाँ अन्धेरी जगत्मा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलवरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।