KB · Hymns · #169
जय होस् प्रभुको
G4/4
Chorus
जय होस् प्रभुको, जय जय जय जय होस्
Verse
परमपिताको चरणकमलमा, आऊ शिर झुकाई,
प्रणाम् गरौँ, दण्डवत् गरौँ, मनको गर्व हटाई (२)
मसीही प्रेम जो मनमा जगाऊँ, मनको द्वेष हटाऊँ,
मसीही ज्योति मनमा चम्काई जीवन दिप जलाऊँ (२)
Verse
स्वर्गलोकमा स्तुति चढ़ाऔँ जयजय ख्रीष्टको मनाऔँ
तारणहारको प्रेम प्रचारौँ मानिसलाई ख्रीष्ट चिनाऔँ (२)
जीवन दीप सबले जलाई, मसीही जीवन लिई
अन्धकारले पूर्ण यो जगमा मसीही ज्योति फिजाऔँ (२)
Verse
जीवन पथमा पाउ बढ़ाऔँ मानिसलाई ख्रीष्टमा ल्याऔँ
येशू, विश्वासी झुण्ड हो, आऊ हातमा हात मिलाऔँ (२)
प्रभुको, हुकुम पालन गर्ने मनमा उत्साह जगाऔँ
तारणहारको यश प्रचारौँ, जगमा उच्च गराऔँ (२)