KB · Hymns · #290
गाउँदै रहन्छु जीवन यात्रामा
C4/4
Chorus
गाउँदै रहन्छु जीवन यात्रामा केवल येशूको छ स्तुति
धन्यवाद मानौँ हे विश्वासीगण मिलेको छ मुक्ति
Verse
हो कस्तो आनन्द पाप-क्षमा शान्ति तिनका म उमेद्वार
मौका छ मलाई सुनाउन सबलाई येशूको सुसमाचार,
खोलो है दानको प्यारो प्रभु कसरी बहेको
उपयोग जसको गर्न नजानी शरणमा परेको ।
Verse
जीवन है मेरो समय सीमित कसरी चलाउनु
सिकाउनुहोस् प्रभु प्रत्येक निमेषलाई कामलाग्दो बनाउनु,
तपाईंको सेवा गर्ने अवसर मिलेको छ मलाई
झलझल बल्ने ज्योति म बनूँ सत्यको फल फलाई ।
Verse
दान मैले पाएँ, स्थान मैले पाएँ आत्मा र स्वर्गको
संसारमै बसी बनेँ म यात्री स्वर्गीय मार्गको,
विश्वले जस्तो आशा गर्दिनँ पाउनलाई मुक्तिदान
आशा हो मेरो जीवनको मुकुट प्रतिफल महान् ।