KB · Hymns · #687
म एउटा झरेको पात जस्तै
Gm3/4
Chorus
म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनुभयो (२)
Verse
म अन्धकारमा हिँड़ेर लड़्दै थिएँ
म बाटो विहीन भएर हिँड़्दै थिएँ (२)
उज्यालो ज्योति दिई येशूले लिनको निम्ति आउनुभयो
Verse
म संसारको दरिलो बन्धनमा परेको थिएँ
म पापको दास बनेर मर्दै थिएँ (२)
पापको बन्धन तोड़ी येशूले अनन्त जीवन दिनुभयो ।