KB · Hymns · #690
गेतसमनीको बगैंचामा येशूजी प्रार्थना गर्नुभो
D3/4
Chorus
गेतसमनीको बगैंचामा येशूजी प्रार्थना गर्नुभो
(हामी जस्तो पापीलाई बचाउन) (२), पापको कचौरा पिउनुभो (२)
Verse
कोही थिएन त्यो मध्य रातमा येशूलाई साथ दिने (२)
आफ्नै चेलाले (२) पनि उनलाई (एकलो छाड़िदिए) (२)
प्रार्थना गर परीक्षामा नपर्न येशूले भन्नुभयो
तिम्रो मेरो निम्ति दाम तिरेर (२) रगतले किन्नुभयो (२)
Verse
हतास उदास हुँदै प्रभु पितालाई पुकारे (२)
रगतको थोपा (२) थोपा पसिना (प्रार्थनामा बगाए) (२)
जागा रहो पवित्र आत्मामा येशूले सम्झाउनुभो’
तिम्रो मेरो निम्ति बलिदान भए (२) पापदेखि छुड़ाउनुभो’ (२)