KB · Hymns · #720
शोकका मानिस नाम कस्तो
C4/4Translated
Verse
‘शोकका मानिस’ नाम कस्तो, धरती आउने प्रभुको
उद्धार गर्न पापीको, धन्य हाम्रा मुक्तिदाता ।
Verse
सहे निन्दा लाज हैरान, लिए मेरो दण्ड स्थान
रगतद्वारा क्षमादान, धन्य हाम्रा मुक्तिदाता ।
Verse
दोषी, नीच अनाथ हामी, थुमा निष्कलंक उनी
पूरा प्रायश्चित गरी, धन्य हाम्रा मुक्तिदाता ।
Verse
मारिन उचालिए ‘अब सिद्धियो’ कराए
स्वर्गमा महिमित भए, धन्य हाम्रा मुक्तिदाता ।
Verse
महिमित राजा आउँछन् जब, आफ्नालाई घर लान्छन् सब
नयाँ गीत यो गाउँछौं तब, धन्य हाम्रा मुक्तिदाता ।