KB · Hymns · #576
आ हा हा
C4/4
Verse
आ (हा) (१०)
धिन्ताङ्ग है धिन्ताङ्ग मनैमा बस्यो मादलुको ताल (हा) (४)
कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल
(लैबरी लै लै लै) (२)
धिन्ताङ्ग है धिन्ताङ्ग मनैमा बस्यो मादलुको ताल
कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल
ए है छुट्ला है माया जाल
कलवरी साक्षी राखी गाँसेको छुट्ला है माया जाल (हुँ) (५)
Verse
धर है धर आँसुको धारा येशूले चुहाए (हा) (४)
पापको कालो दागलाई धुन रगत बहाए
(लैबरी लै लै लै) (२)
धर है धर आँसुको धारा येशूले चुहाए
पापको कालो दागलाई धुन रगत बहाए,
ए है रगत बहाए ।
पापको कालो दागलाई धुन रगत बहाए ।
Verse
फिरिमा फिरि त्यो जूनकीरी चम्केझैँ औँसीमा (हा) (४)
बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा
(लैबरी लै लै लै) (२)
फिरिमा फिरि त्यो जूनकीरी चम्केझैँ औँसीमा
बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा,
ए है मनको कौसीमा
बाले है ख्रीष्टले अमर ज्योति मनको कौसीमा (हुँ) (५)
Verse
झल र मल सधैँ हलचल क्षणिक जीवनमा (हुँ) (५)
येशूमा विश्वास गर्नेछु सधैँ, राख्नेछु यो मनमा
(लैबरी लै लै लै) (२)
झल र मल सधैँ हलचल क्षणिक जीवनमा
पुग्नेछु येशू भज्नेछु सधैँ, राख्नेछु यो मनमा,
ए है राख्नेछु यो मनमा
(येशूमा विश्वास गर्नेछु सधैँ, राख्नेछु यो मनमा) (४)