KB · Hymns · #454
उज्यालो भइगयो प्रभु दिनभरि काम गर्न
C2/2
Verse
उज्यालो भइगयो, प्रभु, दिनभरि काम गर्न
अल्छी छोड़ी रमाई उठूँ, बिहानको भेट दिन (२)
Verse
बोली चालमा चोखो भई, प्रभु, घामजस्तै उज्यालो
सबै देख्छन् मेरो बाटो र विचार सब मेरो (२)
Verse
उचालिदिनोस् मन मेरो, प्रभु, दिनभरि कामैमा
दुःख-सुख जे-जे होला तपाईंको नावैमा (२)
Verse
गत रातको नीँदको लागि, प्रभु, धन्यवाद दिँदछु
तपाईंको दानै भन्छु मनैमा लिँदछु (२)
Verse
रक्षा हवस् दिनभरि, प्रभु, तपाईं नै देखि
सफल हवस् कामै जति तपाईंकै लागि (२)
Verse
सत्य-सत्य ईश्वर तपाईं प्रभु, कोही छैन मेरो
संसार भने पापले भर्यो दुखैको थुप्रो (२)
Verse
आज बाँचूँ पापैखि, प्रभु, गोहारै पाई
मुक्तिदाता आफै तपाईं बचाइदेऊ मलाई (२)