प्रभुजीको जयजयकार होइरहोस्
A72/4
Chorus
प्रभुजीको जयजयकार होइरहोस्
येशूजीको जयजयकार होइरहोस्
Verse
श्रापित जगत्मा अवतार लिई,
आए दुःख उठाई, आज्ञाकारी भए (२)
निष्कलङ्क रक्त बहाई (२) पापीलाई उद्धार गराए ।
Verse
भुलिरहेथ्यौँ पापी जगत्मा,
बितायौँ जीवन प्रतिदिन पापमा ।
असहनीय दुःख उठाई (२) बचाउनुभो’ समयमा ।
Verse
मधुर स्वरले बोलाइरहेछन्
जस-जसले उनको पुकार सुन्छन् (२)
अमर जीवन पाउनेछन् (२) ईश्वरका सन्तान हुनेछन् ।