KB · Hymns · #374
दुःख, शोक सबै काटियो
G4/4
Verse
दुःख, शोक सबै काटियो हल्लेलूयाह,
सब लड़ाइँमा जीत भयो, हल्लेलूयाह
बिते दिन पछि-पछि छाडौँ, हल्लेलूयाह,
दृष्टि अघि उचालौँ, हल्लेलूयाह ।
Verse
उनको शब्द सुन्दछौँ, हल्लेलूयाह,
आदि-अन्त सर्वत्र, हल्लेलूयाह
जहाँ उनले लानेछन्, हल्लेलूयाह,
ज्योति उनले दिनेछन्, हल्लेलूयाह ।
Verse
हाम्रो जीवनको आधार, हल्लेलूयाह,
ख्रीष्टमा मात्र पाउँदछौँ, हल्लेलूयाह
हाम्रा परम मित्रकहाँ, हल्लेलूयाह,
दिन-दिनअघि बढ़्दै जाऔँ, हल्लेलूयाह ।