KB · Hymns · #227
अशान्तिको पीर बढ़्यो धुनी लगाएर
D6/8Moderate
Chorus
अशान्तिको पीर बढ़्यो धुनी लगाएर (२)
प्रभु ख्रीष्टमा विश्वास गर मनलाई जगाएर है, सुन नेपाली
Verse
सुख, शान्ति नेपालीको मैला पखालेर (२)
अमर जीवन मिल्ने छैन, धेरै पर्खिएर है, सुन नेपाली ।
Verse
मुक्ति छैन संसारमा मनले गुनिलिए (२)
दाज्यू-भाइ, दिदी-बहिनी, विश्वास गरिलिए है, सुन नेपाली ।
Verse
सुनी विश्वास नगरेमा ठूलो हाम्रो भूल (२)
मुक्ति दिने प्रभु येशू जीवनको मूल है, सुन नेपाली ।
Verse
स्वर्गबाट प्रभु आए मुक्ति लिएर (२)
क्रूसमाथि मर्नुभयो जीवन दिनलाई है, सुन नेपाली ।
Verse
पापको बोझा उठाइलाने अर्को छैन कोही (२)
एउटै मात्रै प्रभु येशू जीवन दिने उनै है, सुन नेपाली ।