KB · Hymns · #805
अँध्यारोमा जीउनेहरू दीप जलाई जीउने गर
Am4/4
Chorus
अँध्यारोमा जीउनेहरू दीप जलाई जीउने गर
हार नमान जीवनसित जीवित प्रभुलाई खोजी गर ।
Verse
जे जति भएका ती मनका सबै व्यर्थहरू (२)
सबैको पापलाई विजय दिने प्रभु येशूमा राखिदेऊ (२)
Verse
उद्धार मुक्ति पाउँछौ तिमी प्रभुलाई विश्वास गरेपछि (२)
आत्मामा सधैं शान्ति पाउँछौ प्रभु येशूलाई पाएपछि (२)