KB · Hymns · #64
जय जय धन्य येशू हाम्रो मुक्तिदाता
G6/8Translated
Verse
जयजय धन्य येशू हाम्रो मुक्तिदाता,
सृष्टि सब, अचम्मको प्रेम सुनाऊ
भज-भज दूतहरू स्वर्गमा गाउँछन्,
उनको नामलाई इज्जत र मान बढ़ाऊ
गोठालाझैँ येशू भेड़ा सम्हाल्छन्,
काँधमा बोकी सानालाई ल्याँउछन् घर
आऊ सब सियोन डाँड़ामा बस्ने
विश्वासी स्तुति गर येशूको जयजयकार ।
Verse
जयजय येशू हुन् हाम्रा मुक्तिदाता,
पापको लागि रगत बहाई मरे
हाम्रो आड़ र अनन्त जीवनको आशा,
भज-भज येशू जो क्रूस चढे
दुःख भोग्ने प्रेमपूर्ण मुक्तिदाता,
काँड़े मुकुटले घोच्यो उनको निधार
लाज, घिन, इन्कार, निन्दा खाई
हाम्रोलागि अब जयवन्त स्वर्गको राजकुमार ।
Verse
जयजय धन्य येशू हाम्रा मुक्तिदाता,
स्वर्गद्वारमा गुञ्जायमान स्वर सुनाऊ
ख्रीष्ट उद्धारक हुन्, अगमवक्ता,
पूजारी महाराजा उनलाई मुकुट लगाऊ
मृत्यु हार्यो, हर्ष मनाऔँ विश्वासी,
हे चिहान हो, खोइ त जीत तेरो ?
येशू ब्युँते र मृत्यु भयो स्वर्गे ढोका
येशू ब्युँते मुक्तिदाता हाम्रो ।