KB · Hymns · #384
तिमी एउटा बाँचेको मान्छे
C6/8
Chorus
तिमी एउटा बाँचेको मान्छे ख्रीष्टको अनुग्रहले
छानिएको हजारौँबाट साक्षी देऊ तिमीले
Verse
त्यो रूखलाई हेरी बुझन तिमी, ग्रीष्म नजीकै छ (२)
ईश्वरको राज्य आइपुगेको छ (२) समयलाई बुझन ।
Verse
नोआलाई सम्झ प्रलय हुँदा, मानिसको मूर्खता (२)
सो बुझी आजै जोशिलो भई (२) ल्याऊ भित्र बोलाई ।
Verse
प्रभुलाई सम्झ इनारको छेउमा पर्खेका एउटीलाई (२)
वरदान पाई गाग्रो छोड़ेर (२) तब शहरमा गइहाली ।
Verse
हे प्रिय आज तिमीले केही निश्चय गर्नुछ (२)
येशूको प्रेमले प्रेम गरौँ सबलाई (२) यो मौका आजै छ ।