KB · Hymns · #175
बिहान जब हुँदछ मन जागी भन्दछ
G4/4Translated
Verse
बिहान जब हुँदछ, मन जागी भन्दछ, येशूको होस् बढ़ाइ
कामकाज र प्रार्थनामा येशूकहाँ जान्छु म, येशूको होस् बढ़ाइ ।
Verse
नीद जब टर्दछ, आत्मा उदास हुन्छ, येशूको होस् बढ़ाइ
कुचिन्ता आउँदामा, हृदय दूर राख्छु म, येशूको होस् बढ़ाइ ।
Verse
उदास जब हुँदछु, उनैमा शान्ति छ, येशूको होस् बढ़ाइ
सांसारिक सुख नभए, तै शान्ति छ उनमै, येशूको होस् बढ़ाइ ।
Verse
सिंगै संसार मिली, मधुर राग उचाली येशूको होस् बढ़ाइ
मिली भनून् आकाश, समुद्र र बतास येशूको होस् बढ़ाइ ।
Verse
जबसम्म छ सास, यो गीत मेरो रहोस्, येशूको होस् बढ़ाइ
अनन्तको स्तुति होस्, सदा गुञ्जिरहोस्, येशूको होस् बढ़ाइ ।