KB · Hymns · #270
सम्झिदेऊ आज नै ईश्वरलाई
D4/4
Chorus
सम्झिदेऊ आज नै ईश्वरलाई, भुलिदेऊ आज नै संसारलाई
भुलेर नजाऊ संसारमा गन्धक र आगो जल्दैछ (२)
Verse
पाप गर्दै व्यर्थमा हामीले, संसारमा भुलिरहेछौँ
दुनियाँलाई भुलेर आज नै, सम्झिदेऊ आज नै ईश्वरलाई (२)
Verse
संसारको रीतिरिवाकले दुइ-चार दिन केवल राज गर्छन्
तपाईं र मेरा ईश्वरले अनन्त काल तक राज गर्छन् (२)
Verse
संसारिक धेरै मार्गले डरलाग्दा सागरमा पुर्याउँछन्
जीवनको हरेक मार्गमा प्रभुले हामीलाई डोर्याउँछन् (२)