KB · Children Songs · #68
मार्था घरको धन्दामा छिन्
मार्था घरको धन्दामा छिन् चिन्तामा सधैँ रहन्छिन्
प्रार्थनाको समय राख्दिनन् ।
मरियमले काम बन्द गर्दछिन् प्रभुको चरणमा बस्दछिन्
ध्यान दिई वचन सुन्दछिन् ।
मरियमले प्रभुलाई प्यार गर्छिन् सुगन्धित तेलले पाउ मोल्छिन्
प्रभुको सेवा गर्दछिन् ।