प्रभु म तपाईंको सृष्टि हुँ
G73/4
Chorus
प्रभु म तपाईंको सृष्टि हुँ, तपाईंविना म रित्तो छु
पलपलको मेरो जीवनमा साथ मलाई दिनुहोस्
Verse
संसार छ सारा आफ्नै धुनमा मदहोश पापैको जञ्जालमा (२)
बचाउनुहोस् मलाई यदि संसारको छु भने ।
Verse
स्वर्गलाई त्यागी आउनुभो’ प्रभु कलवरी क्रूसैमा प्राण दिनलाई (२)
बचाउनुहोस् मलाई यदि पापी नै छु भने ।