KB · Choruses · #179
भन भन सबैले हल्लेलूयाह
(भन, भन सबैले हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह) (३)
ख्रीष्टको प्रेम अति ठूलो छ कठोर पापी हृदय तोड़्ने
अन्धकारमा लुकिबस्ने मान्छेलाई खोजी भेट्टाउने (२)
ख्रीष्टको प्रेम अति धेरै छ संसारले दिनै नसक्ने
खुशी उनको अचम्मको छ, खोजेर खोज्नै नसक्ने ।