KB · Hymns · #211
सुनन लौ एक सुसमाचार
D6/8
Chorus
सुनन लौ एक सुसमाचार स्वर्गदेखि आए एक तारणहार (२)
Verse
भव हाम्रो डुबिसक्यो पापको सागरमा (२)
छिटो बित्ने जीवन हाम्रो मिल्छ माटोमा, को छ साटोमा ?
Verse
धन्य हाम्रो स्वर्ग-धनी मानिस भई आए (२)
पापको बोझा सबै लिई दिए आफ्नो प्राण, गर्न हाम्रो त्राण ।
Verse
वर हेर, पर हेर छैन केही उपाय (२)
ग्रहण गर येशू ख्रीष्टलाई, छैन उनी सिवाय, सुन मेरो भाइ ।
Verse
जो कोई आउँछ विश्वास गरी प्रभु येशू ख्रीष्टमा (२)
जयवन्त जीवन बित्यो भने हुन्छौ तिमी फलवन्त,
जीवन पाउँछौँ अनन्त ।