KB · Hymns · #50
खचाखच भो बेथलेहेम गाउँ
C3/4
Chorus
खचाखच भो’ बेथलेहेम गाउँ, सरायमा थिएन ख्रीष्टलाई ठाउँ
आज पनि मानिस व्यस्त भई गर्दैनन् ख्रीष्टको वास्ता
Verse
प्रिय पुत्र ईश्वरको (२) थोत्रो गोठमा पस्रिए
सबैबाट त्यागिएर (२) गरीबभन्दा गरीब भए ।
Verse
तिम्रो-मेरो निम्ति ख्रीष्टले (२) प्रशस्त धन साँचेका छन्
हाम्रो दुःख उठाएर (२) अनन्त सुख राखेका छन् ।
Verse
अति दीन ख्रीष्ट मृत्युसम्म (२) आज्ञाकारी बन्नुभयो,
विश्वासीलाई अल्गाउनलाई (२) आफै अघि अल्गनुभो ।