KB · Hymns · #232
हिमालचुली त्यो पल्लोपट्टि
G6/8
Verse
हिमालचुली त्यो पल्लोपट्टि रूख सुक्यो सर्लङ्गै
पाप मेरो सम्झी कालो नै कालो मन फाट्यो भर्लङ्गै
रोई-रोई बसेर, अफसोसले भरेर मन फुट्यो झर्लम्मै ।
Verse
कलवरी डाँड़ा त्यो पल्लोपट्टि येशूको क्रूस थियो
त्यहाँ तिम्रो बद्ली येशू नै भई आफ्नो प्राण दिनुभो’
उठ, उठ साथी हो, पाप मानिलिएर माफ माग ईश्वरलाई ।
Verse
ओखलढुङ्गाको गणेश टोलमा धान कुट्थे देवले ‘रे
जीवन ओखलमा भुस मेरो फाल्नु कुट्दैन कसैले ?
भन, भन साथी हो मजस्तो पापी जन कसरी उम्कने ?
Verse
गलगथा ठाउँमा प्यारो येशूले कुटपिट सहनुभो’
मानिसले थुके, खूब हेला गरे हाम्रो भाग थियो यो
लौ, लौ प्रेय भाइ, धन्यवाद दिऊँ न सजाय त भइसक्यो ।
Verse
दुई कोश उकालो नेपालको छोरा भारी नै बोक्दैछन् ।
भारी छ मेरो, मनमा त बोक्छु योभन्दा ठूलो झन्
हाय-हाय गरेर कहिले बिसाउन पाऊँ, चौतारा कहाँ छन् ?
Verse
दुई हजार वर्ष बितेर गए तापनि अहिले नै
ईश्वरको छोरा बिसाउन दिए जो हाम्रो पहरै
राख-राख उहाँमा ठूलो यो भारी नै, मन हवस् हलुङ्गै ।
Verse
नेपालका मान्छे अनेक गर्छन् धर्म कमाउनलाई
चामल गन्छन् शाला बनाउँछन् मैले गरिनँ भाइ !
हरी राम भनेर व्यर्थ त लाग्दछ छ अरु केही उपाय ?
Verse
ढाकाका टोपी पसलमा पाइन्छ पैसाले किनेर
मुक्ति त पाइन्छ प्रभु येशूमा विश्वासले सित्तैमा
सुनसुन साथी हो खुशीले उचाल्दै दाम केही लाग्दैन ।
Verse
टोक्सील घाटमा पारि है पुग्नु डुङ्गा त छ जोरदार
जीवन छोड़्दा स्वर्ग है पुग्नु कसरी हुन्छ पार ?
आमै के गरूँ ? खोला डरलाग्दो छ, को हुन्छ तारणहार ?
Verse
अचेलको माझी के बानी गर्छन् ढीलो त आउँदैछन्
मृत्युको खोला हात समाउनु एकजना तयार छन्
आऊ, आऊ नडराऊ येशूले दिन्छन् पार अजम्मरी जीवन ।