KB · Hymns · #104
मसँग आऊन, शोक गरूँ मुक्तिदाताको छेवैमा
Dm4/4
Verse
मसँग आऊन, शोक गरूँ मुक्तिदाताको छेवैमा
हामीहरू विलाप गरूँ, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
Verse
मान्छेले निन्दा गर्दामा, के आँसु आउँदैन हाम्रो ?
हे भाइ, कत्रो साहस ‘थ्यो, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
Verse
सातै खेप बोले प्रेमको बात, तीन घण्टासम्म चूप रहे
मान्छेलाई मुक्ति दिनलाई ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
Verse
हे कड़ा मन, अब फर्किनू, तिमी अपस्वार्थी घमण्डी
मृत्युमा उनलाई सुम्पिइयो, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
Verse
फाटेको हृदय अब माग, अनि दिइन्छ तिमीलाई
यस्तो मनदेखि हुन्छ प्रेम, ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।