KB · Hymns · #137
येशू चाँड़ै फेरि आउनेछन्
C6/8
Chorus
येशू चाँड़ै फेरि आउनेछन्, सत्य ईश्वरको यो वाणी छ
उनको अवाइ औ अन्तका चिह्न, एक-एक गरी पूरा हुँदैछन्
येशू चाँड़ै फेरि आउनेछन्
Verse
पाप, दुःख औ संकष्ट बढ़िरहेछन् लड़ाइँ, हलचल जगतमा भइरहेछन्,
जाति-जातिको विरूद्धमा उठ्नेछन् । राज्य-राज्यको विरूद्धमा उठ्नेछन् ।
Verse
विनाशक भुइँचाला ठाउँ-ठाउँ जानेछन् रूढ़ी, अनिकाल संसारमा हुनेछन्,
आकाशमा डरलाग्दा लक्षण हुनेछन्, उदेकका महान् चिह्न देखिनेछन् ।
Verse
ख्रीष्ट येशू बिजुलीझैँ स्वर्गबाट विश्वासीलाई उठाउन ओर्लनेछन्,
हामी रक्तले किनिएका उनीसाथ रही, हजार वर्षसम्म राज्य गर्नेछौँ ।
Verse
पश्चात्ताप गरी प्रभु येशूमाथि विश्वास गरी रगतले सब पाप धोई माग
परमेश्वरका धार्मिक सत्य राज्यमा प्रवेश गर्नलाई आज नै तयार होऊ ।