परमेश्वरको चोखो वेदीमा
C2/4
Chorus
परमेश्वरको चोखो वेदीमा, चढाउँछु यो मेरो जीवन (२)
मेरो सारा हृदयले (२) तपाईंलाई महिमा होस् (२)
Verse
मेरो परमेश्वर, मेरो सहारा, तपाईंको वचन मेरो ज्योति (२)
अन्धकारमा पनि ज्योति दिने (२) तपाईंलाई महिमा होस् (२)
Verse
उचाल्छु मेरा यी दुइ हात धन्यवादको भेटी दिनलाई (२)
मेरो सारा हृदयले (२) तपाईंलाई जयजयकार होस् (२)