KB · Hymns · #636
यो येशू ख्रीष्टको कथा हो
Dm4/4
Chorus
यो येशू ख्रीष्टको कथा हो (२) जीवन दिनेको कथा हो ।
बोझले लादिएकालाई, बाटो बिराएकालाई, गन्तव्य दिनेको
कथा हो (२)
Verse
जन्म लिए उनले कन्याको कोखमा,
अनौठो व्यथा थियो गाईको गोठमा (२)
इतिहासको दुइ पाना लेखियो त्यो रातमा,
सूर्य उदायो चम्किलो हेर (एउटा नयाँ विश्वमा) (२)
Verse
पापलाई घृणा पापीलाई माया,
पश्चात्तापी हृदयलाई दिन्छन् है छाया (२)
मृत्यु विजय येशूलाई हेर त्यो क्रूसमा,
मानिसका लागि बलिदान भय (धर्तीको माझमा) (२)