KB · Hymns · #359
म हुँ एउटा रित्तो भाँड़ो
C2/4
Chorus
म हुँ एउटा रित्तो भाँड़ो, फुस्रो माटोले बनेको,
कुटी-पिटी, काटी-छाँटी, तपाईंको इच्छाअनुसारको
भाँड़ो मलाई बनाउनुहोस् (२)
Verse
म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् (२)
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस् (२)
Verse
पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस् (२)
कदम-कदममा डोर्याउँदै, प्रार्थनाको जीवन दिनुहोस् (२)
Verse
येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु (२)
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस् (२)