KB · Hymns · #559
दुवैको बनोस् गन्तव्य प्रभु येशू नै
D3/4
Verse
दुवैको बनोस् गन्तव्य प्रभु येशू नै,
दुवैको पूरा होस् यात्रा प्रभु येशूसँगै
दुवैको रहोस् आशा प्रभु येशूमा नै,
दुवैलाई चताउनोस् सदा प्रभु हजूरले नै
Chorus
योजना हो परमप्रभुको यो पवित्र विवाह जन्मअघिकै,
सर्वशक्तिमान् परमेश्वर हजूरको जय भन्छौँ स्वर उचाली एकै,
योजना हो परमप्रभुको यो पवित्र विवाह जन्मअघिकै ।
Verse
आफ्नै हाड़को हाड़, र मासु आफ्नै,
उकाली-ओह्रली साथ हिँड़्न छाया भई
दिनुभो’ दुलहालाई परमप्रभुले नै
(दुलही सुन्दरी, बनाई) (२)
Verse
फूल फूलेको, सुबासना भरेको घरको
शिर बनून् परमेश्वर नै
फल फलेको, हरियाली छाएको
(यो बगैँचा रहोस् परमप्रभुकै) (२)