KB · Hymns · #822
आराधना गर्छौं हामी एकमात्र जीवित ईश्वरको
Chorus
आराधना गर्छौं हामी एकमात्र जीवित ईश्वरको
उनैलाई सधैं उचाल्छौं हामी स्तुति र प्रशंसा गर्दै
(इम्मानुएल इम्मानुएल तपाईं सबका परमेश्वर) (२)
Verse
(भरोसा योग्य परमेश्वरलाई भक्तिसाथ सधैं पुज्दछौ
उनको यो मिठो नामलाई सारा जातिमा प्रचार्छौं) (२)
(उनी पवित्र छन् शक्तिशालि छन् यसैले हामी उचालौं) (२)
Verse
(स्वर्गबाट सधैं हामीलाई उत्तम कुराले भर्नुहोस्
तपाईंको अभिषेक तेलले हाम्रो यो शिरमा खन्याउनुहोस्) (२)
(तब बन्ने छौं यो देशमा तपाईंको जिउँदो साक्षी) (२)