KB · Hymns · #284
म राख्छु पापको बोझ निर्दोष ख्रीष्ट थुमामा
C4/4
Verse
म राख्छु पापको बोझ निर्दोष ख्रीष्ट थुमामा
ख्रीष्टले सब पाप उठाउँदछन्, पाप बोझ सबैका,
म आफ्नो दोष सब ल्याउँछु दोष मेट्ने येशूकहाँ
र उनले धोइदेऊन् म बड़ो पापीलाई ।
Verse
म आफ्ना घटी राख्छु भरपूर ख्रीष्ट येशूमा
जो मेरो निको पार्ने र प्राण उद्धारदाता,
म आफ्नो शोक सब ल्याउँछु र फिक्री येशूकहाँ
जो मेरो साथ दिने भई साझे सब दुःखमा ।
Verse
म प्राण बिसाइदिन्छु येशूको काखैमा
उनले अङ्गालो मार्छन् मलाई अड़ेस दिँदा,
येशूको नाउँ छ प्रिय ख्रीष्ट र इम्मानुएल
फैलाइँदा यस नाउँले गराउँछ मोहित मन ।
Verse
म येशूजस्तो होऊँ, दीन प्रेमी, दयालु
म येशूजस्तो होऊँ, बालक होऊँ पिताको,
म येशूसम्म पुगूँ स्वर्गदूतगण भए ठाउँ
र सबैसँग मिली निरन्तर स्तुति गाऊँ ।