KB · Hymns · #601
अनुग्रहको समय छँदै प्रभु येशूलाई विश्वास गर
D3/4
Chorus
अनुग्रहको समय छँदै प्रभु येशूलाई विश्वास गर (२) अनुग्रहको ।
Verse
सारा संसारलाई हात पारे पनि आत्मा तिमीले गुमायौ भने (२)
मित्र, तिमीलाई छैन केही लाभ (२) यो जीवन पाएर
प्रेममय आवाज ख्रीष्टको सुनेर हृदय खोलिदेऊ
प्रभु येशूको चरण परी अनन्त मुक्ति लेऊ (२)
Verse
धर्म-कर्मको संस्कारद्वारा पवित्र तिमी बन्दैनौ (२)
भक्तिको भेष धारण गरेर (२) स्वर्गमा पुग्न सक्दैनौँ,
यसैले मित्र सारा पाप तिम्रा प्रभुमा मानिलेऊ
महान् प्रभुको चरण परी जीवन अर्पिदेऊ (२)
Verse
साँचो मुक्तिको एउटै छ बाटो प्रभु येशू ख्रीष्ट बुझिदेऊ
पाप-मार्ग त्यागि पश्चात्तापी बनी (२) प्रभुको शरण लेऊ
धोइमाग तिम्रा सारा पाप आज येशूको रगतमा
स्वर्गीय आशिष् अनन्त-जीवन पाऊ उनको सामर्थ्यमा (२)
Verse
केवल ख्रीष्टमा छ अनन्त जीवन स्वर्गीय आशिष्को भरपूरी (२)
मृत्युको त्यहाँ प्रभुत्व छैन (२) केवल येशूमा जय
दण्डको आज्ञा टलेर गए केवल ख्रीष्ट येशूमा
नरकको ढोका बन्द सदा छ उनैको सामर्थ्यमा (२)