KB · Hymns · #772
म हुँ ख्रीष्ट राजाको उनको सन्तान प्यारो वस्छु
G3/4
Verse
म हुँ ख्रीष्ट राजाको उनको सन्तान प्यारो वस्छु उनको सुन्दर दरबारमा
कस्तो प्रतिज्ञा यो स्वर्गीय आनन्दको उनका सन्तानलाई महिमामा ।
Chorus
म हुँ ख्रीष्ट राजाको उनको सन्तान प्यारो,
त्याग्ने छैनन् आफ्नालाई कहिल्यै, कहिल्यै
बोलाउनेछन् एक दिन दरबारमा उनको,
बस्ने छु उनको सामु सधैं ।
Verse
म हुँ ख्रीष्ट राजाको, जान्दछु प्रेम उनको, उनको दया प्रशस्त गरी
निरन्तर छ मलाई हिँड्दा बाटो उनको मेरो शरणस्थान निश्चल उनी ।
Verse
म हुँ ख्रीष्ट राजाको, वाचा निश्चित उनको जीवनको नदीको किनारमा
सबै भेला हुन्छौं हेर्न मुहार ख्रीष्टको वर्तमान संसरको अन्तमा ।