KB · Hymns · #627
अचम्मको प्रेम गर्नु भो परमेश्वरले हामीलाई
F6/8
Chorus
अचम्मको प्रेम गर्नु भो, परमेश्वरले हामीलाई
एक्लो पुत्र समेत दिनुभो बचाउन भनि सबैलाई (२)
Verse
क्रूसमा चढी रगत बगाई, प्रमाणित गर्नुभो, आफ्नो प्रेम
एउटालाई दिई सारा बचाउन गर्नु भो, यस्तो अचम्म्को प्रेम
Verse
मृत्युलाई जिती बौरी उठे येशू परमेश्वरको महिमा देखाउन
चालिस दिन पछि सबै आज्ञा दिई
गए स्वर्ग भन्दै फेरी आउछु लिन
Verse
अनुग्रहको समय यही हो, नगुमाऊ यो मौका प्रिय हो
बनाऊ येशूलाई मित्र हो
साँच्चै नै उहाँ आउने बेला भो