KB · Hymns · #333
हे प्रेम, मलाई जान नदिने
G4/4
Verse
हे प्रेम, मलाई जान नदिने,
म आफ्नो थकित आत्मा ल्याउँछु
प्राण अब तिमीलाई दिइहाल्छु,
जीवनको सागरमा बस्नु भरपूरी हुनलाई ।
Verse
हे क्योति, मलाई बाटो देखाउने,
म आफ्नो सानो बत्ती ल्याउँछु
आफ्नो मनको ज्योति फर्काउँछु
तिम्रो उज्यालोमा बस्छु ज्योतिलो हुनलाई ।
Verse
हे सुख, जो मलाई दुःखमा खोज्ने,
मन मेरो कहीँ भाग्न नसक्ने
बादलमा तिम्रो धनुष हेर्छु, करारमा भरोसा गर्छु,
दिन मेरो उज्ज्वल होस् ।
Verse
हे क्रूस, जो मेरो शिर उठाउने,
न तिमी देखि भाग्न सक्ने
म प्राण माटोमा राखिदिन्छु फूलजस्तो बढ़ी निक्लनु,
प्राण मेरो अमर होस् ।