KB · Hymns · #187
ख्रीष्टको दयालु बात अन्सार
G3/4Translated
Verse
ख्रीष्टको दयालु बातअन्सार चूर्ण र दीन मन भई
हे प्रभु, र यस्तो गर्छु म सम्झन्छु तपाईंलाई
Verse
तपाईंको जीउ भाँचेको स्वर्ग-भोजन होस् मेरो
म लिन्छु नयाँ करारको सम्झाउने कचौरो
Verse
गेतसमनीको साह्रो दु:ख र संकट क्लेश हेर्दै
के ती सब कुरा बिर्सिन्छु सम्झन्छु तपाईंलाई
Verse
जब हेर्छु कलवरीको क्रूस, ख्रीष्ट टाँगिए त्यसमा
ईश्वरका थुमा बलिदान म राख्छु सम्झना
Verse
अँ सब तपाईंको पीड़ाको र प्रेम मसँगको
सास फेरुञ्जेल, अँ सधैँभर म राख्छु सम्झना
Verse
जब मेरो मर्ने बेला छ र मेरो प्राण उड़ाई
आफ्नो राज्यमा आउँदाखेरी सम्झनुहोस् मलाई