प्रभु येशू हाम्रो साथमा होऊ
C4/4
Verse
प्रभु येशू हाम्रो साथमा होऊ, जीवनको बाटोमा डोर्याऊ
हामीलाई आफूमा मिलाऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
Chorus
जबसम्म भेट्दैनौँ हामी प्रभु ख्रीष्टको चरणमा
जबसम्म भेट्दैनौँ हामी प्रभु येशू हाम्रो साथमा होऊ
Verse
प्रभु येशू हाम्रो साथमा होऊ, दुःख र विपतदेखि बचाऊ
आत्मिक भोजन हामीलाई देऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
Verse
प्रभु येशू हाम्रो साथमा होऊ, जोखिम जीवनमा जब आउँछ
ख्रीष्टको प्रेमी हात समाउँछौँ, प्रभु येशू हाम्रो साथमा होऊ ।
Verse
प्रभु येशू हाम्रो साथमा होऊ, उच्च राख प्रेमको झण्डा
मृत्युको बाढ़ले तर्साउँदा, प्रभु येशू हाम्रो साथमा होऊ ।